
काठमाडाै । प्रतिनिधिसभा निर्वाचन २०८२ को लागि तय भएको साँझ ५ बजेसम्मको चुनावको निर्धारित समय सकिएको छ । यो सयमसम्ममा छिटपुट घटनाबाहेक देशैभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न भएको छ ।
केही स्थानमा बाहेक प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ।
यसपटकको चुनावमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत विभिन्न वर्ग र समुदायका मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार पनि अघिल्ला निर्वाचनभन्दा बढी संयमित र सहयोगी रहेको पनि उल्लेख भएको छ ।
निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले भने मतदान गर्न पाउने व्यवस्था गरिएको थियो। तर अधिकांश जिल्लामा भने तोकिएकै समयभित्र मतदान प्रक्रिया सम्पन्न भएको छ ।








प्रतिक्रिया