सुनको भाउ घट्यो, बुधबार तोलाको कति ?



काठमाडौं। पछिल्लो दुई दिनदेखि सुनको मूल्यमा घट्नेक्रम जारी छ । बुधबार छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९२ हजार ६ सयमा कारोबार भएको छ ।

मंगलबार उक्त सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार प्रतितोला १ हजार २ सय ३५ मा कारोबार भएको चाँदीको मूल्य भने बढेर १ हजार २ सय ४५ पुगेको छ ।।


क्लिकमान्डु