ठगी नियन्त्रण गर्न र्‍यापिड रेस्पोन्स टिम बनाउँदै सरकार



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको क्रममा हुने ठगी नियन्त्रण गर्न ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ ।

मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसबारे जानकारी दिन आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव अर्यालले ठगी नियन्त्रण गर्न टिम बनाएको बताए ।

उनकाअनुसार वैदेशिक रोजगारीको क्रममा धेरै ठगी भएको पाइएको छ । त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारे भएको छलफलबाट सो टिम गठन भएको छ ।

‘वैदेशिक रोजगारीमा हुने जुनसुकै प्रकारका ठगी नियन्त्रण गर्न ¥यापिड रेस्पोन्स टिमले काम गर्नेछ,’ उनले भने । उक्त टिमले म्यानपावर कम्पनी अनुगमन गर्ने, एन विपरित कार्य गरेमा कारबाही गर्ने र खारेज गर्नेजस्ता कार्य गर्ने उनको भनाइ छ ।

उक्त टिमलाई अब छिट्टै नै बजारमा पठाउने उनले जानकारी दिए । त्यसैगरी, मन्त्रालयले पुनःएकीकरणलाई पनि प्राथमिकतामा राखेर कार्य भइरहेको बताए ।

त्यस्तै, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज व्यवस्थापनका लागि अनलाइनमार्फत् नै सुविधा दिनेबारे छलफल भइरहेको उनले जानकारी दिए । साथै, कोभिडका कारण खुम्चिएको वैदेशिक रोजगारीमा नयाँ नयाँ गन्तव्य मुलुकसँग सम्झौता गर्ने तयारी गरेको उनको भनाइ छ ।

डिसेम्बर १६ बाट विभिन्न निकायहरूले आप्रवासन दिवस साप्ताहितक रुपमा मनाउने भएको छ । जसमा विभिन्न निकायसँग सरकारले सहकार्य गरेर केन्द्रदेखि स्थानीय तहसम्म कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


क्लिकमान्डु