क्लिकमाण्डूकर्मी थपलिया सम्मानित



काठमाडौं । क्लिकमाण्डूकर्मी सोभित थपलिया सम्मानित भएका छन् । काठमाडौं महानगरपालिकाको २७औं महानगर दिवसमा महानगरपालिकाले थपिलियालाई सम्मान गरेका हुन् ।

महानगरपालिकले थपलियालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गरेको हो । त्यसैगरी, थपलियसहित अन्य ८ जना पत्रकार सम्मानित भएका छन् ।

महानगरले नयाँ पत्रिकाका शिवहरी घिमिरे, थाहा खबरका सञ्जिता आचार्य, नेपाल समाचारपत्रका सुनिल महर्जन, स्थानीय खबरका रन्जित तामाङ, न्यूज एजेन्सीका अनिश अविरललगायत अन्य पत्रकार सम्मान भएका छन् ।

सम्मानित पत्रकारलाई महानगरले ५० हजार राशीसहित प्रमाणपत्र वितरण गरेको छ ।


क्लिकमान्डु