नाडा निर्वाचन: सदस्यमा चौधरी प्यानलका १२ र थापा प्यानलका ५ जना विजयी



काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को निर्वाचनमा सदस्य पदका उम्मेद्वारको मतगणना सकिएको छ ।

बिहीबार मध्यरातमा सकिएको मतगणनामा अध्यक्षका उम्मेद्वार करण चौधरीको प्यानलका १२ जना र ध्रुव थापा प्यानलबाट ५ जना विजयी भएका छन् ।

मतपरिणाम अनुसार चौधरीको प्यानलबाट मिलनबाबु मल्ल (१४६५), अनुपकुमार बराल (१४६३), राजनबाबु श्रेष्ठ (१४५७), सुरेन्द्र कुमार उप्रेती (१४३२), सुनिल रिजाल (१४०२) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी सोही प्यानलबाट अभिक ज्योती (१३८३), प्रकाश कपुरी (१३७९), बिक्रम सिंहानिया (१३७१) गोपाल भट्टराई (१३६५) मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी निलमणि पाठक (१३५४), वरदान बस्नेत (१३५०) र पंकज अग्रवाल (१३३४) मत प्राप्त गरी विजयी भएका छन् ।

साथै, थापाको प्यानलबाट निराकर श्रेष्ठ (१३६४), यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), प्रदीपमान प्रधान (१३४६) र आकाश गोल्छा (१३३९) मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदका लागि भने अहिले मतगणना भइरहेको छ ।


क्लिकमान्डु