प्रि-ओपनिङमा सेयर बजारमा सामान्य गिरावट, साढे २६ लाखको कारोबार



काठमाडौं । सोमबार प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गरावट देखिएको छ । बजार मापन गर्ने सूचक ०.९६ प्रतिशतले घटेर परिसूचक २६५०.५४ बिन्दुमा रोकिएको छ ।

२३ कम्पनीको ४ हजार ५७४ कित्ता सेयर २६ लाख ६६ हजार ७८५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूह, टे«डिङ, होटल तथा टुरिजम, फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ भने विकास बैंक, जलविद्युत कम्पनीको सेयर मूल्यमा सुधार आएको छ ।


क्लिकमान्डु