नारायणहिटी दरबार संग्रहालयमा माछापुच्छ्रे बैंकले बनायो मोबाइल लकर



काठमाडौं । माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर निर्माण गरेको छ ।

नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त लकर हस्तान्तरण गरेको हो ।

रायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोईला र बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाईल लकरको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नेछन् ।


क्लिकमान्डु