उन्नती सहकार्यको लाभांश संशोधन, बोनस सेयर घट्यो



काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएपछि संस्थाले लाभांश संशोधन गरेको हो ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरी पुनः स्वीकृतिका लागि पेश गरेको हो ।

कम्पनीले अब कुल चुक्ता पुँजी १७ करोड ६१ लाख २९ हजार ७०६ रुपैयाँको को ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९११ रुपैयाँ ९१ पैसा बराबरको बोसन सेयर दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु