नेशनल माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त लाभांशमा ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु