मेगा बैंकको लाभांश संशोधन, बोनस घट्यो



काठमाडौं । मेगा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनपछि घोषणा गरेको लाभांशमा संशोधन गरेको छ ।

यसअघि बैंकले १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले लाभांश घोषणा गर्दा १२.०७ नै बोसन सेयर दिने भनेको थियो ।

राष्ट्र बैैंकले करसहितको नगद लाभांश दिनु भनेपछि त्यसलाई संशोधन गर्दै १० प्रतिशत बोनस सेयर २.०७ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु