निफ्राको साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ ।

उक्त सभाको लागि मंसिर ९ गतेको लागि एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहेको सेयरधनीहरुले निफ्राले तोकेको लाभांश पाउने छन् ।

निफ्राको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वटमा गर्ने भएको छ ।

निफ्राले सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र ०.५० प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु