क्यूआर ६ अर्ब, वालेटबाट १५ अर्ब र मोबाइल बैंकिङमार्फत् ८७ अर्बको कारोबार



काठमाडौं । मुलुकमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार असोज महिनामा मात्रै विद्युतीय माध्यमबाट हुने भुक्तानीमा भारी वृद्धि भएको हो ।

तथ्यांक अनुसार क्यूआर कोड स्क्यान गरी हुने भुक्तानीको रकम असोज महिनामा बढेर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ पुगको छ । जबकी भदौ महिनामा यो रकम ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ थियो । क्यूआर कोड स्क्यान गरी हुने भुक्तानीको रकम प्रत्येक महिना बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले पनि क्यूआर कोडबाट हुने भुक्तानीका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

त्यसैगरी वालेटबाट हुने भुक्तानीको रकम असोज महिनामा १५ अर्ब १८ करोड ७० लाख रुपैयाँ पुगेको छ । भदौ महिनामा यस्तो रकम १४ अर्ब ४२ करोड ७० लाख रुपैयाँ थियो भने साउन महिनामा १४ अर्ब ५ करोड २० लाख रुपैयाँ थियो ।

यता ई–कमर्श व्यवसायको कारोबारमा पनि भदौ महिनाको तुलनामा असोज महिनामा सामान्य वृद्धि भएको छ । असोज महिनामा ई–कमर्श व्यवसायमा ४५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । जबकी भदौ महिनामा ४५ करोड ४० लाख रुपैयाँ थियो ।

त्यसैगी मोबाइल बैंकिङमार्फत् हुने कारोबारमा पनि उल्लेख्य वृद्धि भएको छ । असोज महिनामा मोबाइल बैंकिङमार्फत् हुने कारोबार ८७ अर्ब रुपैयाँ पुगेको छ । जबकी भदौ महिनामा यस्तो कारोबार ७४ अर्ब ७३ करोड २० लाख रुपैयाँ थियो । र, यो हालसम्मकै एकै महिनामा सबैभन्दा बढी रकम हो ।

त्यसैगरी कनेन्ट आइपीएसबाट हुने कारोबारमा असोज महिनामा २ खर्ब ९१ अर्ब ४ करोड ८० लाख रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु