इजरायल रोजगारीमा जाने कामदारलाई स्वास्थ्य परीक्षण पेश गर्न आग्रह



काठमाडौं । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदारको रुपमा जाने कामदारलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारीत्रिक प्रमाणपत्र पेश गर्न आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै इजरायल जाने कामदारलाई प्रमाणपत्र पेश गर्न आग्रह गरेको हो ।

विभागले केयर गिभर जानका लागि पीआईबी चिठ्ठा प्रणालीबाट छनौट भएका उम्मेदवारहरूले तोकिएको स्वास्थ्य संस्थाहरूबाट स्वास्थ्य परीक्षण गर्न र चारित्रिक प्रमाणपत्रको लागि अनलाइनमार्फत् अनलाइन आवेदन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पतालबाटै विभागलाई उपलब्ध हुने र प्रहरी चारित्रिक प्रमाणपत्रको हकमा गरी स्क्यान प्रतिउम्मेदावर स्वयंमले विभागको अनलाइनमा इमेलमा मंसिर ५ गतेसम्ममा पेश गर्न अनुरोध गरेको छ ।

विभागकाअनुसार कात्तिक २९ गतेबाट मंसिर ५ गतेसम्ममा ५ सय उम्मेदवारको स्वास्थ्य परीक्षण गर्ने भएको छ । इजरायल रोजगारीमा परीक्षा पास भई छनौट भएकोमा ३५० जना महिला छन् भने १५० जना पुरुष छन् ।

विभागले स्वास्थ्य परीक्षणका लागि विभिन्न चार वटा अस्पताल तोकेको छ । जसमा ललितपुरको स्टार हस्पिटल, मन्डिखाटारको ह्याम्स हस्पिटल, भैसेपाटीको नेपाल मेडिसिटी अस्पताल र स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तोकेको छ ।


क्लिकमान्डु