भारतमा सरकारी कम्पनीले कमायो १८ हजार करोड नाफा, सेयरधनीलाई ११०% लाभांश दिने



एजेन्सी । संसारभर नै इन्धनको मूल्यवृद्धि भइरहेको बेला भारतको सरकारी स्वामित्वको आयल एण्ड नेचुरल ग्यास कर्पोरेशनले सबैभन्दा बढी फाइदा गरेको छ ।

पछिल्लो ३ महिनाको विवरणअनुसार सबै निजी कम्पनीलाई पनि उछिनेर सरकारी कम्पनीले १८ हजार ३४७.७३ करोड बराबरको फाइदा गरेको हो ।

नेपालका सरकारी कम्पनीहरु एकपछि अर्को गर्दै रुग्ण बनिरहेको बेला भारतको सरकारी कम्पनीले गरेको नाफा भने लोभलाग्दो छ ।

सरकारी कम्पनीले कसरी यत्रो परिमाणमा फाइदा गर्न सफल भयो भनेर भारतभर जिज्ञासा समेत उत्पन्न भएको छ ।

जबकी टाटा स्टीलले मार्च २०१८ मा १४ हजार ६८८ करोड नाफा गरेको थियोृे । हालसम्म सबैभन्दा बढी नाफा कमाउने सरकारी कम्पनीमा इण्डियन आयल कर्पोरेशन थियो ।

सो कम्पनीले सन् २०१३ मा मात्रै १४ हजार ५१३ करोड भारु बराबरको फाइदा कमाएको थियो । टाटा स्टीलले सन् २०१८ को मार्चमा १४ हजार ६८८ बराबरको नाफा कमाएपनि त्यो निजी क्षेत्रको कम्पनी थियो ।

यस्तै, कोइलाको कारोबार गर्ने सरकारी कम्पनी कोल इण्डियाले मार्च २०१६ मा १४ हजार १८९ करोड भारु बराबरको फाइदा गरेको थियो ।

जबकी निजी क्षेत्रको सबैभन्दा ठूलोक म्पनी रिलायन्स इन्डस्ट्रिजले सेक्टेम्बर २०२१ मा १३ हजार ६८० करोड बराबरको फाइदा गरेको थियो ।

त्यसमा टाटा स्टील र रिलायन्स इन्डस्ट्रिजको फाइदा समेत समावेश थियो । जबकी आयल एण्ड नेचुरल ग्यास कम्पनी एक्लैले सबैभन्दा बढी नाफा कमाएको छ ।

जानकारी अनुसार कम्पनीले ११० प्रतिशत बराबरको लाभांश दिने घोषणा गरेको छ । अर्थात् प्रति सेयर ५.५० भारुका दरले लाभांश दिने कम्पनीले जनाएको छ । शुक्रबार सो कम्पनीको सेयर प्रतिकित्ता १५४ भारु रहेको थियो ।

गत वर्षको जुलाई सेक्टेम्बरको त्रैमासमा कम्पनीले २ हजार ७५७.७७ करोड बराबरको मात्रै नाफा कमाएको थियो । त्यसको तुलनामा यस पटकको फाइदा ५.६५ गुणा बढी हो ।

आर्थिक वर्ष २०२०/२१ मा कम्पनीले केवल ११ हजार २४६ करोड बारबरको फाइदा कमाएको थियो । चालु आवको अप्रिलदेखि सेप्टेम्बरसम्मको ६ महिनामा कूल २२ हजार ६८२ बराबरको फाइदा गरेको छ ।

भारतमा कूल २३ वटा इन्धन रिफाइनरी रहेको छ । कच्चा तेल आयातको आधारमा हेर्दा आव २०१९ मा १११.९ अर्ब डलर खर्च भएको थियो । यस्ते, सन् २०२० मा १०१ अर्ब डलर र सन् २०२१ को सेप्टेम्बरसम्म ६२.७१ अर्ब डलर बराबरको खर्च भएको छ ।

उक्त सरकारी कम्पनीको नाफा जबरजस्त बढ्नुको दुई वटा कारण छ । त्यसमा कच्चा तेलको मूल्य ४१ अमेरिकी डलरबाट बढेर ६९ डलरसम्म पुग्यो ।

दोस्रो कम्पनीले एकमुण्ठ रुपमा करको लाभ उठाएको छ । एकमुण्ठ रुपमा उसले ८ हजार ५४१ करोड बराबरको फाइदा गरेको छ । कम्पनीले तेल तथा ग्यास उत्पदनमा भएको कमीका कारण पनि फाइदा गरेको बताइन्छ ।

कम्पनीले कच्चा तेलको उत्पादन ३.८ प्रतिशतले घटाएर ५४ लाख टनमा सीमित गरेको थियो । जबकी ग्यासको उत्पादन ७ प्रतिशतले घटाएरु ५.४ अर्ब क्युविक मिटरमा सीमित गरेको थियो ।

भारत सरकारले इन्कम ट्याक्स एक्ट १९६१ को २०१९ मा सुधार गरेको थियो । सोही कारण भारतमा रहेका कम्पनीले कर्पोरेट इनकम ट्याक्समा २२ प्रतिशत बराबरको विकल्प छान्न सक्छन् ।

यस्तो कर त्यसभन्दा पहिले ३० प्रतिशत थियो । कम्पनीले सेप्टेम्बरसम्म रेभेन्यूमा ४४ प्रतशितले वृद्धि गरी २४ हजार ३५३ करोड बराबर पुर्याएको छ । एक वर्ष पहिले मात्रै त्यस्तो रेभेन्यू १८ हजार ३४८ करोड भारु बराबर थियो । सबै कम्पनीको एकमुण्ठ हिसाब गर्दा कूल रेभेन्यू १.२२ लाख करोड बराबर रहेको छ ।

भारत दक्षिण एशियाको सबैभन्दा ठूलो तेल प्रशोधन हवका रुपमा विकास भएको छ । यसको क्षमता वार्षिक २४९.३६ मिलियन टन बराबर रहेको छ । यसको साथमा कूल २३ वटा रिफाइनरी रहेको छ । भारतमा कच्चा तेलको आयात सन् २०२१ मा मात्रै ६२ं७१ अर्ब डलर खर्च गरेको थियो ।

सो कम्पनीले इराकको ग्यास उद्योगको विकास गर्ने गरी १.७८ अर्ब डलरको परियोजनामा समेत हाल हालेको छ ।


क्लिकमान्डु