सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ४ सय रुपैयाँले बढेर ९४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य पतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा शुक्रबार १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु