अनिल उपाध्यायको अध्यक्षतामा यस्तो बन्यो बैंकर्स संघको कार्यसमिति



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा कृषि विकास बैंकका सीइओ अनिल उपाध्याय चयन भएका छन् । अध्यक्ष पदका लागि उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो ।

त्यसैगरी उपाध्यक्षमा एनएमबि बैंकका सीइओ सुनिल केसी चयन भएका छन् ।

साथै सदस्यहरुमा लक्ष्मी बैंकका सीइओ अजय विक्रम शाह, मेगा बैंकका सीइओ अनुपमा खुञ्जेली, नेपाल एसबीआईका सीइओ दीपककुमार देव, नेपाल बैंकका सीइओ कृष्णबहादुर अधिकारी, एनआइसी एशिया बैंकका सीइओ रोशनकुमार न्यौपाने, माछापुछ«े बैंकका सीइओ सन्तोष कोइराला, सनराइज बैंकका सीइओ सुमन शर्मा, नबिल बैंकका सीइओ अनिल केशरी शाह, हिमालयन बैंकका सीइओ अशोक राणा, नेपाल बंगलादेश सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना रहेका छन् ।


क्लिकमान्डु