बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् । मंगलबार संघको उपाध्यक्षमा केसी निर्विरोध चयन भएका हुन् । केसी एनएमबि बैंकका सीइओ हुन् । संघको अध्यक्षमा भने कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायको एकल उम्मेदवारी परेको छ ।