बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी चयन भएका छन् ।

मंगलबार संघको उपाध्यक्षमा केसी निर्विरोध चयन भएका हुन् । केसी एनएमबि बैंकका सीइओ हुन् ।

संघको अध्यक्षमा भने कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायको एकल उम्मेदवारी परेको छ ।


क्लिकमान्डु