प्रभु बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । प्रभु बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय भएको बैंकका सीइओ अशोक शेरचनले जानकारी दिए ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु