प्रभु बैंकले कति देला लाभांश ?



काठमाडौं । तिहारअघि आधाभन्दा बढी वाणिज्य बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरिसकेका छन् । अब बाँकी वाणिज्य बैंकहरुले तिहारपछि लाभांश घोषणा गर्नेछन् ।

तिहारपछि लाभांश घोषणा गर्ने तयारीमा प्रभु बैंक पनि छ । प्रभु बैंकले आर्थिक वर्ष २०७२/७३ मा १०ः४ अनुपातमा हकप्रद सेयर दिएको थियो । त्यसपछिको अर्को वर्ष २०७४/७५ मा ०.४२ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर गरी ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले आव २०७५/७६ मा ०.८४ प्रतिशत नगद लाभांश र १६ प्रतिशत बोनस गरी कुल १६.८४ प्रतिशत लाभांश घोषणा गरेको थियो । साथै अघिल्लो आव २०७६/७७ मा भने ०.५३ प्रतिशत नगद तथा १० प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार गत आर्थिक वर्षका लागि बैंकले १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।

हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । साथै सबैभन्दा कम कुमारी बैंकले लाभांश घोषणा गरेको छ ।


क्लिकमान्डु