नेप्सेको सिइओ खोज्दै सरकार, माग्यो १५ दिने आवेदन



काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशित गरेको छ ।

नेप्सेको सिइओमा आवेदन दिनको लागि १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । त्यसको लागि मन्त्रालयले मापदण्ड समेत तयार पारेको छ । सिइआको लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी भएको हुनुपर्ने छ ।

साथै, पुँजीबजार, उद्योग, वाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड रहेको छ । सिइओ ब्रन्नको लागि ३० बर्ष पुरा भर्इ ६० ननाघेको हनु पर्नेछ । सर्वोत्तम सिमेन्ट प्रकरणमा परेर नेप्सेका तत्कालित सिइओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । साउदले राजीनामा दिएसँगै नयाँ सिइओको लागि आवेदन खुला गरेको छ ।

उक्त प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै अध्यक्ष नियुक्तीको लागि सरकारले आवेदन खुला गरिसकेको छ । दुवै निकायमा मन्त्रिपरिषदले नियुक्त गर्नेछ ।


क्लिकमान्डु