नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष घिमिरेद्धारा शपथ ग्रहण



काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रवीन्द्र घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

अध्यक्ष घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

बीमा समितिको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवालले कम्पनीका नवनियुक्त अध्यक्ष्य डा. घिमिरेलाई शपथ ग्रहण गराएका हुन् ।

मन्त्रीपरिषद्को कात्तिक ८ गते बसेको बैठकले डा. घिमिरेलाई नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।


क्लिकमान्डु