यी हुन् भदौ महिनामा धेरै राजस्व संकलन गर्ने १० मालपोत कार्यालय



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट ८ अर्ब २६ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन हालसम्मकै उच्च राजस्व संकलन भएको हो ।

उक्त राजस्व संकलनमध्ये सबैभन्दा बढी उपत्यकाका मालपोत कार्यालयबाट बढी राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले देखाउँदछ ।

जसमा उक्त संकलित राजस्वमध्ये लगनखेल मालपोत कार्यालयले करिब ९४ करोड ४१ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सो मालपोत कार्यालयबाट संकलन भएको राजस्व हालसम्मकै उच्च हो ।

लगनखेल कार्यालयले सेवाकरवापत ३ करोड ६ लाख रुपैयाँ, बागमतीबाट ६ करोड ५२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुर ६१ करोड ९७ लाख रुपैयाँ र पूँजीगत लाभकरवापत ३० करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । साथै, सो मालपोत कार्यालयबाट करिब ८ करोड छुट दिएको छ ।

त्यस्तै डिल्लीबजारले ६६ करोड ५३ लाख ६० हजार, कलंकीले ५८ करोड ४९ लाख, भक्तपुरले ५२ करोड ३६ लाख, चावहिलले ४३ करोड २९ लाख, काभ्रेपलाञ्चोकबाट २३ करोड ५६ लाख ९७ हजार, विराटनगर मोरङबाट १८ करोड ७५ लाख, पर्साबाट १७ करोड ४३ लाख, साँखुबाट १७ करोड ४ लाख रुपैयाँ र कास्कीबाट १६ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु