राष्ट्र बैंकको निर्देशनपछि मुक्तिनाथ विकास बैंकले घटायो ब्याजदर



काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर घटाएको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकले मुद्दति निक्षेपमा दिने भनेको ब्याजदर घटाएको हो ।

बैंकले यसअघि मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने भनेकोमा राष्ट्र बैंकको निर्देशनपछि ०.५ प्रतिशत घटाएर ९.५ प्रतिशतमा सीमित गरेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकले साधारण बचत र मुद्दति निक्षेपमा कम्तीमा बढीमा ५ प्रतिशत स्प्रेड कायम गर्नुपर्ने हुन्छ । तर रेमिट्यान्स बचतको हकमा ६ प्रतिशत स्प्रेड कायम गर्न पाइन्छ ।

मुक्तिनाथ विकास बैंकले ग्राहकलाई आकर्षित गर्नका लागि यसअघि कायम गरेको मुद्दति निक्षेपको ब्याजदर घटाएको हो ।


क्लिकमान्डु