उचारचढावपछि १३.८३ अंकले बढ्यो नेप्से, ७ अर्ब बढीको कारोबार



काठमाडौं । सोमबार भारी अंकको गिरावट देखिएको सेयर बजारमा मंगलबार दिनभरी नै उतारचढाव रह्यो । कारोबार शुरु भएको पहिलो घण्टामा भारी गिरावट देखिएपछि नेप्से परिसूचक २६१५ अंकसम्म झरेको थियो । तर कारोबार बन्द हुँदासम्म बजार फर्किएपछि नेप्से परिसूचक १३.८३ अंकले बढेर २७३४.५२ अंकमा पुगेको छ ।

यो दिन १ करोड ५३ लाख ६ हजार ६१ कित्ता सेयर ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँमा कारोबार भएको छ । १३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन उपसमूहतर्फ होटल तथा पर्यटनमा २.३८ प्रतिशतले बढेको छ ।

यो दिन मनकामना स्मार्ट लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु