एक सातामा ४ अर्बले निक्षेप बढ्दा २२ अर्ब रुपैयाँले कर्जा बढ्यो



काठमाडौं । वाणिज्य बैंकको एकसातामा ४ अर्ब रुपैयाँले निक्षेप बढ्दा २२ अर्ब रुपैयाँले कर्जा बढेको छ ।

भदौ १८ सम्मममा वाणिज्य बैंकको निक्षेप ४१ खर्ब २९ अर्ब पुगेको छ । यस्तै कर्जा ३८ अर्ब १९ अर्ब पुगेको छ । भदौ ११ सम्मममा वाणिज्य बैंकमा ४१ खर्ब २५ अर्ब निक्षेप रहेको छ भने ३७ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा रहेको छ ।

स्वदेशी मुद्रामा वाणिज्य बैंकको निक्षेप ४० खर्ब ९ अर्ब रहेको छ भने कर्जा ३६ खर्ब ६९ अर्ब रहेको छ । विदेशी मुद्रामा १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप रहेको छ भने १ खर्ब ५० अर्ब रहेको छ ।


क्लिकमान्डु