जलेश्वर भन्सार कार्यालयले साढे ३२ लाख बराबरको सवारी साधन लिलामी गर्दै



काठमाडौं । जलेश्वर भन्सार कार्यालयलले विभिन्न प्रकारका चार पाङ्ग्रे, तीन पाङ्ग्रे र मोटरसाइकल सवारी साधन लिलामी बिक्री गर्ने भएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न प्रकारका ४९ वटा सवारी साधन बिक्री गर्ने भएको हो ।

कार्यालयले उक्त ४९ वटा चार पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन र मोटरसाइकलहरू ३२ लाख ५० हजार रुपैयाँमा लिलाम बिक्री गर्ने भएको हो ।

चोरी निकासी/पैठरीको अभियोगमा कार्यालयमा दाखिला भई जफत भएका निम्नानुसारका सवारी साधनहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम गर्ने भएको कार्यालयले जनाएको छ ।

जसमा इच्छुक व्यक्ति फर्म, कम्पनी वा संस्थालाई २१ दिनभित्र कार्यालयको सर्तअनुसार बोलपत्र आह्वान गरिएको छ । साथै इच्छुक व्यक्ति तथा फर्मले कबोल गरेको रकमको १० प्रतिशतले हुने गरी सोको सक्कल भौचर बोलपत्र फाराम पेश गर्नुपर्नेछ ।

कार्यालयले न्यूनतम मूल्य एक लाखसम्म भएका सवारी साधनको हकमाम ३ सय र न्यूनतम मूल्य एक लाखभन्दा बढी भएका सवारी साधनको हकमा १ हजार बोलपत्र दस्तुर बझाई खरिद गर्न सक्ने जनाएको छ ।


क्लिकमान्डु