दक्ष नेपालले सार्वजनिक गर्यो ‘स्मार्टस्पिक’



काठमाडौं । दक्ष नेपाल प्रालिले १८ महिनादेखि ७ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त पाठ्यसामग्री ‘स्मार्टस्पिक’ सार्वजनिक गरेको छ ।

नानो प्रविधिको सहयोगमा तयार गरिएको स्मार्टस्पिक प्रविधिमैत्री शैक्षिक अन्तरक्रियात्मक श्रृंखला हो । यसमा किताब र स्मार्टस्पिक उपलब्ध छन् ।

स्मार्टस्पिकले बालबालिकालाई किताबमा दिइएका शब्दहरू लेख्न, पढ्न तथा सही उच्चारण गर्न मद्दत गर्छ ।

स्मार्टस्पिकले किताबमा दिइएको कोडमा टच गराएपछि चित्रदेखि शब्दसम्म आफैँ उच्चारण गर्ने, व्याख्या गर्ने, कथाहरु पढ्नेदेखि कविताहरू पनि लय मिलाएर गाउन थाल्नेछ ।

स्मार्टस्पिकको प्रयोग सो श्रृंखलामा आएका किताबमा मात्र गर्न सकिने छ । हरेक श्रृंखलामा नेपाली, गणित, अंग्रेजी, विज्ञान, सामाजिक शिक्षा, कथा तथा कविताका किताब हुने दक्ष नेपालले बताएको छ ।


क्लिकमान्डु