सेजनको अध्यक्षमा जनार्दन बराल निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचिन भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा बरालले ११४ मत प्राप्त गरे भने प्रत्यासी आशीष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणी ढुंगानाले ४८ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा सुजन ओली मत ल्याएर विजयी भए । साथै महासचिवमा भागवत भट्टराई निर्वाचित भए ।

सचिवमा हिमाल पौडेल कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भए ।

सदस्यहरुमा सोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भएका छन् ।


क्लिकमान्डु