लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत
काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब रुपैयाँ बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेञ्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत भएको छ ।
सूचिकरण पश्चात सो ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दोस्रो बजार कारोबार गर्न सकिनेछ ।
आज एक कार्यक्रमबीच सो ऋणपत्र सूचिकरण गर्ने सम्बन्धी सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरे ।