युवा तथा साना व्यवसायी स्वरोजगार कोषको प्रमुखमा विश्वमोहन अधिकारी



काठमाडौं । पूर्वबैंकर विश्वमोहन अधिकारी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक बनेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई कोषको प्रमुखमा नियुक्त गरेको हो ।

अधिकारी ओम डेभलपमेन्टका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् । २५ वर्षको बैंकिङ अनुभवी अधिकारी प्राध्यापक पनि हुन् ।


क्लिकमान्डु