सीसीडी रेसियो खारेज, अब सीडी रेसियो लागू हुने




काठमाडौं । नेपाल राष्ट्र बैंकले पुँजी कर्जा-निक्षेप-अनुपात (सीसीडी) खारेज गरेको छ ।

केन्द्रीय बैंकले सीसीडी रेसीयो खारेज गरी कर्जा निक्षेप रेसियो लाग्र गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरेको हो ।

अब बैंक तथा वित्तीय संस्थाले कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत कायम गर्नु पर्नेछ । हालसम्म कोर क्यापिटललाई समेत गणना गरी कर्जा–निक्षेप (सीसीडी) रेसियो ८५ प्रतिशत कायम गर्नु पथ्र्यो । जसलाई खारेज गरी केन्दीय बैंकले कर्जा निक्षेपलाई मात्र गणना गर्ने सीडी रेसीयो लागू गरी सोलाई ९० प्रतिशत कायम गर्नु पर्ने निर्देशन दिएको हो ।

सो सुविधा बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्मको लागि दिइएको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु