ब्याज आम्दानी घट्दापनि हिमालयन बैंकको नाफा ३ अर्ब



काठमाडौं । ब्याज आम्दानी घटेपनि हिमालयन बैंकले ३ अर्ब रुपैयाँ नाफा गरेको छ ।

ब्याज आम्दानी घटेपनि अन्य आम्दानी बढ्दा हिमालयन बैंकले १५ प्रतिशतले नाफा बढाएर गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड रुपैयाँ नाफा गरेको छ ।

अघिल्लो वर्ष हिमालयन बैंकको नाफा २ अर्ब ५८ करोड थियो ।

हिमालयन बैंकको ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ८२ करोड रहेको हिमालयन बैंकको ब्याज आम्दानी गतवर्ष ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकले अन्य संचालन आम्दानी बढाएको कारण नाफा बढाएको हो ।

१० अर्ब ६८ करोड चुक्ता पूँजी रहेको हिमालयन बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा २ अर्ब १६ करोड गरेको छ । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

गतवर्षको नाफाबाट हिमालयन बैंकले २० प्रतिशत लाभांश दिनसक्छ ।

असार मसान्तसम्ममा हिमालयन बैंकमा १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जा १ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २८.०६ रुपैयाँ रहेको हिमालयन बैंकको खराब कर्जा अनुपात ०.४८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६.७७ प्रतिशत छ । यस्तै ६.७५ प्रतिशत बेसरेट रहेको हिमालयन बैंकको स्प्रेडदर ३.३२ प्रतिशत छ ।


क्लिकमान्डु