ओलीको कार्यालयमा दैनिक औषत २.८३ किलोमिटर सडक कालोपत्रे



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्माओलीले २०७७ फागुन ३ गते सरकार गठन भएको ३ वर्ष पुगेको अवसरमा प्रतिदिन करिब ५ किलोमिटरभन्दा बढीका दरले मुलुकभर कालोपत्रे भइरहेको दावी गरेका थिए ।

यसअघि पनि उनले सरकार गठन भएको २ वर्ष पूरा भएको अवसरमा संसदको प्रतिनिधिसभामा सरकारले गरेका कामहरुको विवरण प्रस्तुत गर्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भइसकेपछि प्रतिदिन औषतमा ५.७ किलोमिटरका दरले सडक कालोपत्रे भएको बताए थिए ।
उनले यस अवधिमा कुल ३ हजार ६३६ किलोमिटर सडक कालोपत्रे भएको दावी गरेका थिए । केपी ओली २०७४ फागुन ३ गते दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

ओली प्रधानमन्त्री नियुक्त भएको आवदेखि उनी पदमुक्त भएको आवसम्म ४ हजार १३३ किलोमिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार तथा यातायात विभागको तथ्यांक छ ।

उनी प्रधानमन्त्री नियुक्त भएको आव २०७४/७५ मा १ हजार २२६ किलोमिटर, आव २०७५/७६ मा ९८८ किलोमिटर, आव २०७६/७७ मा ७२९ किलोमिटर र आव २०७७/७८ मा १ हजार १९० किलोमिटर सडक कालोपत्रे भएको छ ।

ओली प्रधानमन्त्री नियुक्त भएको आव २०७४/७५ देखि पद मुक्त भएको आव २०७७/७८ सम्म वर्षदेखि मुलुकभर ४ हजार १३३ किलोमिटर सडक कालोपत्रे भएको छ । उनी प्रधानमन्त्री रहेको ४ आवलाई आधार लिँदा मुलुकभर औषतमा दैनिक २.८३ किलोमिटर सडक कालोपत्रे भएको देखिन्छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वमै आएर कालोपत्रे सडक बनाउने दरमा वृद्धि नभएको सडक विभागका अधिकारीहरु बताउँछन् ।

गत आवको वित्तीय प्रगति ६६ प्रतिशत
आव २०७७/७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति सुस्त देखिएको छ । मन्त्रालयले गत आव २०७७/७८ को प्रगति सुस्त देखिएको हो ।

गत आवमा मन्त्रालयले कुल विनियोजित बजेटको ६६.८६ प्रतिशत मात्र खर्च गर्न सकेको छ । गत आव मन्त्रालयलाई १ खर्ब १८ अर्ब ७२ करोड रुपैयाँ विनियोजन भएको थियो ।

जसमध्ये मन्त्रालयले ७९ अर्ब ३८ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको हो । विकासे मन्त्रालयले विनियोजित बजेटमध्ये ३९ अर्ब ३४ करोड रुपैयाँ खर्च गर्न नसकेको देखिएको छ ।

मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माका अनुसार कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको निषेधाका कारण निर्माण व्यवसायीहरु कार्यस्थलमा जान कठिनाइ भएकाले वित्तीय प्रगति कम देखिएको बताउँछ ।

‘नेपालमा सडक पूर्वाधारमा काम हुने सिजन भनेको ५÷६ महिनाको हुन्छ । कोभिडको कारणले बैशाखको दोस्रो साताबाट निषधाज्ञा जारी भयो,’ शर्माले भने, ‘यसले गर्दा करिब २ महिनाको अवधिमा छिट्फुट बाहेक निर्माण कार्य अघि बढ्न सकेन ।’

११९० किलोमिटर सडक कालोपत्रे
गत आव लक्ष्यभन्दा धेरै सडक कालोपत्रे भएको छ । गत आवमा मन्त्रालयले ११९० किलोमिटर सडक कालोपत्रे गरेको छ । यो लक्ष्यको ९१ प्रतिशतगति हो ।

गत आव मन्त्रालयले १३०० किलोमिटर सडक कालोपत्रे गर्ने मन्त्रालयको लक्ष्य थियो । गत आव लक्ष्यभन्दा ११० किलोमिटर कम सडक कालोपत्रे भएको छ ।

गत आव मन्त्रालयले १ हजार किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । गत आवमा ७२९ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । यो लक्ष्यको ७२.९ प्रतिशत प्रगति हो । ग्राभेल सडक निर्माणमा मन्त्रालय लक्ष्यभन्दा २७१ किलोमिटर पछि रह्यो ।

गत आव मन्त्रालयले ५०० किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखेको थियो । गत आवमा ४६५ किलोमटिर माटे सडक निर्माण भएको छ । यो लक्ष्यको ९३ प्रतिशत प्रगति हो । माटे सडक निर्माणमा मन्त्रालय लक्ष्यभन्दा ३५ किलोमिटर कम रह्यो ।

असहज परिस्थितिका बाबजुत सडक निर्माणमा सन्तोषजनक प्रगति हासिल गरेको प्रवक्ता शर्मा बताउँछन् ।

‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना चालु आवस्थामा छन् । डिजाइनको काम सकेर धेरैको ठेक्का लागि सकेको छ । विगतमा वार्षिक ४००÷५०० किलोमिटर सडक कालोपत्रे हुन्थ्यो । आगामी वर्ष कालोपत्रेको दर अझै बढ्दै जानेछ ।’

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा भएको प्रगतिले गर्दा कालोपत्रेको दर बढेको शर्मा बताउँछन् ।

२२४ पुल निर्माण
गत आवमा मन्त्रालयले ३ सय वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर, गत आर्थिक वर्षसम्म २२४ वटा २९ पुल निर्माण सम्पन्न भएको छ । यो कुल लक्ष्यको ७४.६६ प्रतिशत हो । यो लक्ष्यभन्दा ७६ वटा पुल कम निर्माण भएका छन् ।

मन्त्रालयबाट सञ्चालित मूख्य आयोजनाको प्रगति यस्तो छ

गत आवमा हुलाकी राजमार्गमा मन्त्रालयले कुल भौतिक लक्ष्यको ९४.४६ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा हुलाकी राजमार्गको भौतिक प्रगति ७० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा हुलाकी राजमार्गमा मन्त्रालयले कुल वित्तीय लक्ष्यको ९५.८४ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा हुलाकी राजमार्गको वित्तीय प्रगति ६९.९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव मध्यपहाडी लोकमार्गमा मन्त्रालयले कुल भौतिक लक्ष्यको ८०.९७ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा मध्यपहाडी लोकमार्गको भौतिक प्रगति ५४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव मध्यपहाडी लोकमार्गमा मन्त्रालयले कुल वित्तीय लक्ष्यको ९४.१२ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा मध्यपहाडी लोकमार्गको वित्तीय प्रगति ५३.८७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव कोशी करिडोरमा मन्त्रालयले कुल भौतिक लक्ष्यको ८२ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोरको भौतिक प्रगति २२.१० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव कोशी करिडोरमा मन्त्रालयले कुल वित्तीय लक्ष्यको ८१.७२ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा कोशी करिडोरको वित्तीय प्रगति २२.१० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव कालिगण्डकि करिडोर (गैडाकोट–राम्दि–मालढुंगा)मा मन्त्रालयले कुल भौतिक लक्ष्यको ६९ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोरको भौतिक प्रगति २७.५० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आव कालिगण्डकी करिडोर (गैडाकोट–राम्दि–मालढुंगा)मा कुल वित्तीय लक्ष्यको ६८.२० प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोर वित्तीय प्रगति २७.५० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा कालिगण्डकी करिडोर (वेनि जोमसोम कोरला)मा कुल भौतिक लक्ष्यको ७४.४४ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोर वित्तीय प्रगति ७० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा कालिगण्डकी करिडोर (वेनि जोमसोम कोरला)मा कुल वित्तीय लक्ष्यको ७४.४० प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोर वित्तीय प्रगति ६६.९६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा कर्णाली करिडोर (सलिसल्ला–सिमकोट–हिलसा)मा कुल भौतिक लक्ष्यको ६८ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोर भौतिक प्रगति २८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा कर्णाली करिडोर (सलिसल्ला–सिमकोट–हिलसा)मा कुल वित्तीय लक्ष्यको ५६.४६ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा करिडोर वित्तीय प्रगति २७.५६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा रेल तथा मोनोरेल तथा बिकास आयोजना (निजगढ–वर्दिवास खण्ड)मा कुल भौतिक लक्ष्यको ६८ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा आयोजनाको भौतिक प्रगति २८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

गत आवमा रेल मोनोरेल तथा बिकास आयोजना (निजगढ–वर्दिवास खण्ड)मा कुल वित्तीय लक्ष्यको ५६.१५ प्रतिशत प्रगति हालिस गरेको छ । समष्टिगतमा आयोजनाको वित्तीय प्रगति ३४.१० प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।


क्लिकमान्डु