सुर्या लाइफ इन्स्योरेन्सको खुद नाफा २३ प्रतिशतले बढ्यो



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको खुद नाफा २३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले ६ करोड ४ लाख रुपैयाँले खुद नाफा थप गरी ३२ करोड ३२ लाख रुपैयाँ पुर्याएको हो ।

त आर्थिक वर्षको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ४ अर्ब १८ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४६.९६ प्रतिशत अर्थात् १ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा कम्पनीले २ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यसैगरी, सो अवधिमा कम्पनीमा बीमा कोषकोष १० अर्ब ६६ करोड १० लाख रुपैयाँ, चुक्तापुँजी २ अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ, रिर्जभमा ८३ करोड ७६ लाख र महाविपत्ती कोषमा १४ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवमा कार्जा लगानी तथा अन्य क्षेत्रमा लगानी गरी १४ करोड ६२ लाख १८ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५७।७७ प्रतिशत आर्थात् ८ करोड ७३ लाख २६ हजार रुपैयाँ बढी हो ।

समीक्षा अवधिमा कम्पनीले कुल ८९ करोड ७० लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने, ३ करोड ६१ लाख ६९ हजार रुपैयाँ दावी भुक्तानी दिन बाँकी छ । कम्पनीले गत आवमा अभिकर्ता कमिसन वापत ४८ करोड ५४ लाख ३१ हजार रुपैयाँ वितरण गरेको छ ।

कम्पनीको सो अवधिमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा, मूल्य आम्दानी अनुपात ६४।५४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ३९ पैसा र प्रतिसेयर कुल सम्पती ६ सय ४३ रुपैयाँ ६७ पैसा रहेको छ ।


क्लिकमान्डु