८ अंकले बढ्यो नेप्से, ५७ करोडको कारोबार




काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टोक एक्सेन्ज (नेप्से) ८.३२ अंकले बढेर १६३७.३० अंक पुगेको छ । कारोबार रकम भने ५७ करोड २५ लाख मै खुम्चिएको छ ।

चुनाव नजिकिंदै जाँदा नेप्से परिसूचक र कारोबार रकम निरन्तर घट्दै गैरहेको छ । तर, आज कारोबार रकम खुम्चिए पनि परिसूचकमा भने केही सुधार आएको छ ।
सोमबार १४२ कम्पनीका ९ लाख २२ हजार कित्ता सेयर कारोबार भएका छन् । उपसूचकहरुमा अन्य ०.१३ अंकले घटेको छ भने अरु सबै बढेका छन् ।

बैंकिङ ७.७१, होटल ६१.३२, बिकास बैंक ११.७, जलबिद्युत १२, बित्त ५.३९ र बीमा ३८.१७ अंकले बढेका छन् ।

४० प्रतिशत हकप्रदका लागि भोली बुकक्लोज गर्दै गरेको नेपाल एसबिआई बैंकको आज सबैभन्दा बढि ८ करोड ४४ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी दोस्रोमा नेपाल लाइफको २ करोड ८९ लाख र तेस्रोमा सानिमा माइ हाइड्रो को २ करोड ३४ लाख रुपैंयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढि मेरोमाइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने सप्तकोशी बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि ५.६८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल