एसबिआईको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन




काठमाडौं । नेपाल एसबिआई बैंकले ४० प्रतिशत हकप्रदको लागि भोली (बैशाख २६ गते) बुकक्लोज गर्ने भएको छ । यसको मतलब ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्न आजै सेयर किन्नुपर्ने छ ।

एनएमबि क्यापिटलले हकप्रदको ब्यवस्थापन गर्ने भएको छ ।

हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपै.याँ पुग्नेछ । राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब पूँजी पुर्याउन बैंकले थप १५ प्रतिशतले पूँजी बढाउनुपर्नेछ ।


पुष्प दुलाल