टेस्लाका चार्जिङ नेटवर्कमा अन्य सवारीले पनि चार्ज गर्न पाउने

245
Shares

एजेन्सी । टेस्ला इंकले आफ्नो सुपरचार्जर नेटवर्कमा अन्य सवारी पनि चार्ज गर्न मिल्ने व्यवस्था गर्ने भएको छ । यस वर्षको अन्त्यसम्म अन्य इलेक्ट्रिक सवारीलाई पनि टेस्लाको सुपरचार्जर नेटवर्कमा चार्ज गर्न दिइने योजना बनाएको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले ट्विटरमार्फत् जानकारी गराएका छन् ।

टेस्लाको विश्वभर २५ हजारभन्दा धेरै सूपर फास्ट चार्जिङ नेटवर्क रहेको छ ।

‘हामी हाम्रो सूपरचार्ज नेटवर्क अन्य इलेक्ट्रिक सवारीका लागि यस वर्षको अन्त्यसम्म खुल्ला गर्नेछौं,’ मस्कले मंगलबार भनेका छन्, ‘समयसँगै टेस्लाको चार्जिङ नेटवर्क अन्य सवारीका लागि विश्वभर खुल्ला गर्नेछौं ।’

गत महिना जमर्नीका यातायात मन्त्रीले टेस्लाको चार्जिङ नेटवर्कमा अन्य इलेक्ट्रिक सवारी चार्ज गर्ने व्यवस्था मिलाउनका लागि मनाउने गर्ने बताएका थिए ।