जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन
काठमाडौं । जगदम्बा स्टिल्सका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् ।
उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ । यस सीआरएम मिलको जटिल डिजाइन, जडान कार्य, कमिशनिङ यसै कम्पनीका भाइस प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो । उनी ग्याल्भालुम् तथा कलर कोटिङ्घ उत्पादन प्रबिधिमा बिज्ञ समेत हुन् ।
जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्याल्भल्युम रंगीन तथा सादा जस्ता पाता भित्र्याउने तीव्र तयारी गरिरहेको कम्पनीले केही समय यता जानकारी दिँदै आएको थियो ।
जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस जस्तापाताको उत्पादनमा नयाँ आयाम खडा गर्ने कुुरामा कम्पनी विश्वस्त छ ।
विभिन्न रंगहरुको विकल्पमा उपलब्ध जस्तापातालाई सुपर शाइन र उही विशेषता तर सादा रंगमा उपलब्ध जस्तापातालाई ग्याल्भा प्लस नाम दिइएको हो ।
नेपालको पहिलो पूर्ण स्वचालित गाल्भल्युुम लाईन प्रविधिबाट उत्पादन हुुने जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस अन्य साधारण जस्ता पाताको तुुलनामा अत्यधिक मजबुुत र टिकाउ हुने जानकारी दिएको छ ।