साउन ५ गतेदेखि ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्दै एचआईडिसीएल



काठमाडौं । साउन ५ गतेदेखि हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले जारी गर्न लागेको सो हकप्रद सेयरमा साउन २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त हकप्रद सेयर एक बरारबर एक अनुपातमा निष्काशन गर्न लागिएको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित कम्पनीको सो हकप्रद सेयरमा कम्पनीका लगानीकर्ताले मात्र आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले हकप्रदमा आवेदन धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै, मेरोसेयर सफ्टवेयरमार्फत् आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु