सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९० हजार ८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कामय भएकोमा बिहीबार ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा बिहीबार २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु