
काठमाडौं । सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताले १८ अर्ब ३३ करोड बढी रुपैयाँ भुक्तानी पाएका छन् ।
स्वदेशमा तथा विदेशमा श्रम गर्ने श्रमिकले कोषमार्फत उक्त रकम भुक्तानी पाएका हुन् ।
सामाजिक सुरक्षा कोषका अनुसार आवद्ध योगदानकर्ताहरुले हालसम्म १८ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ भुक्तानी पाएका छन् । भुक्तानी पाउने योगदानकर्ता दुई लाख ६२ हजार दुई सय ६४ जना रहेको छन् । २०७६ साउनदेखि २०८२ पुस ३० गतेसम्म श्रमिकले भुक्तानी पाएको कोषले जनाएको छ ।
कोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म २७ लाख ४० हजार चार सय ४४ जना योगदानकर्ता कोषमा औपचारिक रूपमा सूचीकृत भएका छन् ।
सरकारले २०७५ साल मंसिर ११ गतेदेखि कोषको औपचारिक घोषणा गरेको थियो भने २०७६ साउनदेखि मात्र योगदान रकम संकलन गर्न थालिएको थियो ।








प्रतिक्रिया