सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै व्यक्तिगत विवरण र रकम माग गर्नेसँग सचेत हुन बैंकर्स संघको सुझाव
काठमाडौं । चिठ्ठा परेको भन्दै बैंक खाताको व्यक्तिगत विवरण माग भएमा सोको आदन प्रदान नगर्न नेपाल बैंकर्स संघले सुझाएको छ ।
पछिल्लो समय अनाधिकृत व्यक्तिले सामाजिक सञ्जालमार्फत् अनाधिकृत रुपमा चिठ्ठा परेको भन्दै बैंकका ग्राहकहरुलाई व्यक्तिगत विवरण लगायत रकम समेत पठाउन लगाउने गरेको हुँदा सो नगर्न संघले आग्रह गरेको हो ।
बुधबार संघले एक विज्ञाप्ती जारी गर्दै भनेको छ, –‘अहिले विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहक महानुभावहरुलाई चिठ्ठा परेको र रकम पठाउनका लागी खाता÷व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाईल नं, पासवर्ड ९इत्ए० प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जानकारीमा आएकोले यस विषयमा सजक रही आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न हुन आग्रह गर्दछौं ।’
साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न संघले अनुरोध गरेको छ । सजकताका साथ डिजिटल बैंकिङ्ग मार्फत् सुरक्षित कारोबार गर्न संघले सम्पुर्ण ग्राहकमा अनुरोध गरेको छ ।