नेप्से फेरि आरोलो यात्रातर्फ, कारोबार रकम ८ अर्ब ३६ करोड



काठमाडौं । मंगलबार भारी अंकले बढेको नेप्से परिसूचक बुधबार फेरि ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार भने बाउन्स ब्याक भएको थियो । तर बुधबारको कारोबारमा फेरि प्यानिक सेल देखिएको छ ।

यो दिनको कारोबारमा नेप्से परिसूचक ५३.८८ अंकले घटेर २८५९.९६ अंकमा सीमित भएको छ । यो दिन १ करोड ९४ लाख ७५ हजार ५३२ कित्ता सेयर ८ अर्ब ३६ करोड २६ लाख ७ज्ञ हजार ६८० रुपैयाँमा कारोबार भएको छ ।

यउो दिन १८५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २४ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सव इन्डेक्सतर्फ विकास बैंक ३.६९ प्रतिशत, फाइनान्स ३.०५ प्रतिशत, जीवन बीमा कम्पनीको २.३२ प्रतिशतले घटेको छ ।

यो दिन कमाउने शीर्ष कम्पनीमा राधी जलविद्युत् कम्पनी, न्याग्दी ग्रुप पावर लिमिटेड, छ्याङदी हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी छन् ।

त्यसैगरी बढी गुमाउने कम्पनीमा कालिका पावर कम्पनी, नेपाल फाइनान्स, मञ्जुश्री फाइनान्स, नेपाल हाइड्रोपावर डेभलपर्स लिमिटेड र अरुण काबेली पावर कम्पनी छन् ।


क्लिकमान्डु