एक साता थपियो निषेधाज्ञा, कुन बार कुन पसल खुल्छन् ?
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो ।
जसमा असार १४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुनेछ ।
जसमा निजी सवारी साधनहरु जोर र बिजोर प्रणालीका आधारमा सञ्चालन हुनेछन् भने ट्याक्सीको हकमा पनि सोही नियम लागू हुनेछ ।
खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु पुजा सामग्री बिक्री वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) र स्टेशनरी/ पुस्तक पसलहरु विहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्रै साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सवारी साधन मर्मतका लागि वर्कसपहरु बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
कुन बार कुन पसल खुल्ने ?
डिपार्टमेन्टल स्टोर (ग्रोसरी बाहेक), सपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार खोल्न पाइनेछ ।
सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रिोनिक पसल (मोबाइल तथा कम्युटर पसल)