व्यक्तिगत श्रम स्वीकृती सेवा अब आइतबार र बुधबार मात्रै
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले केही समयका लागि रोकिएको श्रम स्वीकृती फेरि शुरु गरेको छ ।
कार्यालयका अनुसार कोभिडका कारण स्थगित वैशाख २६ गतेदेखि फेरि शुरु गरिएको जानकारी दिएको छ । जसमा अब हरेक आइतबार रबुधबार व्यक्तिगत श्रम स्वीकृती दिने भएको हो ।
तर यो सेवा यसअघि बायोमेट्रिक नभएकाहरुको हकमा मात्रै लागू हुनेछ । बायोमेट्रिक भएकाहरुले अनलाइनबाटै श्रम स्वीकृती लिन सक्नेछन्।