सुर्या लाइफको संचालकमा विवेक झा नियुक्त



काठमाडौं । सुर्या लाइफको संचालकमा विवेक झा नियुक्त भएका छन् ।

झाले २ कार्यकालभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए ।

उनी सुर्या लाइफका संस्थापक सेयरधनी हुन् । संस्थापक सेयरधनीको तर्फबाट झा सुर्या लाइफमा संचालकमा नियुक्त भएका हुन् ।

झा सुर्या लाइफको संस्थापक सेयरधनी भिजे इन्भेष्टमेन्टको तर्फबाट संचालक भएका हुन् । चार्टर्ड एकाउन्टेन्स समेत रहेका झाले आफ्नो कार्यकालमा नेपाल लाइफलाई पहिलो स्थानमा पुर्याएका थिए ।


क्लिकमान्डु