५ वटा कम्पनीले पुनर्बीमाको लाइसेन्स माग गरे, एउटामात्र छनोट गर्न समितिलाई सकस



काठमाडौं । बीमा समितिमा ५ वटा कम्पनीले पुनर्बीमा कम्पनीको लाइसेन्स माग गर्दै निवेदन दिएका छन् ।

बीमा समितिले बैशाख १६ गते २१ दिनको समय राखेर एउटा पुनर्बीमाको लाइसेन्स दिने भन्दै आवेदन माग गरेको थियो ।

समितिले यसअघि दर्ता भएको आवेदनलाई रद्द गर्दै लाइसेन्स दिने भन्दै आवेदन माग गरेको थियो । समितिमा यसअघि नै दर्ता भएका प्रुडेन्सियल,जेन्यून,अन्नपूर्ण,काठमाडौं र हिमालयन रि इन्स्योरेन्सले पुनर्बीमाको लाइसेन्स माग गर्दै आवेदन दिएका हुन् ।

बीमा समितिले गरेको अध्ययनले बढीमा एउटा मात्र पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन सकिने देखिएको थियो । सो अनुसार बीमा समितिले आवेदन खुल्ला गरेको हो । तर,समितिमा ५ वटाको आवेदन परेपछि समितिलाई कम्पनी छनोट गर्नको लागि दवाव परेको छ । यसअघिपनि राजनीतिक निर्णयको आधारमा बीमा समितिले १० वटा जीवन बीमा र ३ वटा निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको थियो । राजनीतिक दवाव आएमा सबै कम्पनीले नै लाइसेन्स पाउने सम्भावना पनि हुन्छ ।

यद्यपी बीमा समितिले भने एउटा मात्र लाइसेन्स दिने जनाएको छ । पुनर्बीमा लाइसेन्स दिने विषयमा अर्थमन्त्रालय नै बढी हाबी हुन्छ । अर्थमन्त्री र प्रधानमन्त्रीले चाहेको कम्पनीले लाइसेन्स पाउने सम्भावना बलियो हुन्छ । नेपालमा सरकारको लगानीमा यसअघि नै पुनर्बीमा कम्पनी संचालनमा छ ।


क्लिकमान्डु