के बजेट अध्यादेशबाट आउँछ ? प्रम ओलीले भने- प्रतिनिधिसभा जीवितै छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट बजेट नल्याउने संकेत गरेका छन् । आइतबार पत्रकारहरुले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा जीवितै भएकाले सदनमै बजेट पेश गरिने बताए ।

पत्रकारहरुले सिंहदरबारमा प्रम ओलीलाई के अध्यादेशबाट बजेट ल्याउने विषयमा तयारी भइरहेको भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्रीले जवाफमा भने,- ‘प्रतिनिधिसभा जीवितै छ ।’

पछिल्लो समय राजनीतिक अस्थिरताकाबीच बजेट अध्यादेशमार्फत् ल्याउने विषयमा पनि चर्चा चलेको थियो । प्रतिनिधिसभाको बजेट अधिवेशन नबोलाइएको समयमा यस्तो चर्चा चलेको थियो ।


क्लिकमान्डु