नेप्से हालसम्मकै उच्च अंकमा, कारोबार रकम करिब साढे १० अर्ब



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ । नेप्से परिसूचक ५४.२६ अंकले बढेर २७.३८ अंकमा पुगेको छ । र, यो हालसम्मकै उच्च अंक हो । यसअघि नेप्से २७३५ अंकसम्म पुगेको थियो ।

त्यसैगरी कारोबार संख्या र रकममा पनि बढोत्तरी भएको छ । यो दिन २ करोड १३ लाख २८ हजार ८८२ सेयर कित्ता १० अर्ब ४० करोड ३८ लाख ८७९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ । सबैभन्दा बढी बीमा कम्पनीमा लगानकिर्ताको आकर्षण देखिएको छ । निर्जीवन बीमा कम्पनीको उपसमूह ४.२८ प्रतिशतले बढ्दा जीवन बीमा कम्पनीको उपसमूहमा ३.०४ प्रतिशतको बढोत्तरी देखिएको छ । साथै विकास बैंकतर्फ पनि ३.८७ प्रतिशतले बढेको छ । साथै लगानी समूहतर्फ पनि २.०२ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यसैगरी यो दिन रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी शिखर इन्स्योरेन्सको ९.९७ प्रतिशत, समता घरेलु लघुवित्तको ९.९५ प्रतिशत, सप्तकोसी डेभलपमेन्ट बैंकको ९.९० प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९.९० प्रतिशत, बरुण हाइड्रोपावरको ९.८३ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ९.७६ प्रतिशत र बिशाल बजार कम्पनीको ९.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर ५.०५ प्रतिशत, आँखुखोला जलविद्युत् कम्पनीको ३.९० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.८५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.७७ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको ३.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु